विज्ञान र प्रविधिको बिकास

२९ आश्विन २०७७, बिहीबार ०९:०४


डा डिआर उपाध्याय,

देशमा भ्रष्टाचार बढेको छ । नियन्त्रित हुने कुनै लक्षण देखिँदैन । केही दिन पहिले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बहालवाला र पूर्व प्रधानमन्त्रीहरू सत्तारुढ नेकपाका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउनु भएको थियो । त्यसको कतै खण्डन गरेको पाइएको छैन । कोभिड—१९ का क्रममा स्वास्थ्य सामग्री खरिद गर्दादेखि भ्रष्टाचार र आर्थिक अनियमितताका अनेकौँ घटना सार्वजनिक भएका छन् ।स्थानीय सरकारका पदाधिकारीमाथि पनि भ्रष्टाचारका आरोपहरू लागेका छन् । भ्रष्टाचार मौलाउन दिनु हुदैन । पारदर्शिता नहुनु नै भ्रष्टाचार हो । देशमा चरम बेथिति बढिरहेको छ । देशमा सुशासन कायम हुन सकेको छैन । सर्वसाधारण समयमा उपचार नपाएर मरिरहेका छन् । अपराधका घटनाहरु बढिरहेका छन । बेरोजगारी समस्याले यस्ता घटनाहरु निम्त्याउने गर्छ । देशमा बढ्दो बेरोजगारी समस्या छ । कोरोना भाईरसका कारण धेरै समस्या उत्पन्न भएका छन । धनीहरु झन् धनी हुँदै गएका छन । गरिबहरु झन् पछि झन गरिब बन्दैछन् । धनी र गरिव बीचको खाडल पुरिनु पर्ने आवाज दलहरुले उठाए पनि अझै कार्यान्वयनमा आएको छैन । कम्युनिष्टको त नारा नै धनी र गरिव बरावर हुने छ । अहिले मुलुकमा कम्युनिष्ट सरकार छ । यो सरकारले गरिव र धनी बीचको बिभेद किन मेटन सकेको छैन । युवा विदेशिने क्रम जारी छ । महँगीले सीमा नाघेको छ । कृषि प्रधान देशमा किसानले पैसा तिरेर मल किन्न पाउँदैनन् । शिक्षा र स्वास्थ्य महँगो हुदै गएको छ । सर्वसाधरण जनता धेरै मर्कामा छन । सरकारी सेवा सुविधा खाने बाहेक अरु सवैको समस्या बढेर गएको छ । राज्यले बुझेको खै रु राज्य दोब्बर, तेब्बर कर अशुल्छ । नागरिकको समस्या बुझदैन । उद्योगधन्दा बन्द छन । उत्पादनका क्षेत्रहरु साँघुरो बन्दै गएका छन । अव ढिला नगरि राज्यले सोच्ने बेला आएको छ । अहिले परिस्थिति फेरिएको छ । हिजोको जस्तो परिस्थिति अहिले छैन । जनता सचेत हुदै गएका छन । अव जनतालाई ढाँटन र ठग्न सकिदैन । ढाँटको राजनीति गर्ने समय यो होइन । जनता संग जे बाचा गरिएको छ त्यो कार्यान्वयन हुनु पर्छ । त्यसो भए मात्र जनताले बिश्वास गर्ने ठाउँ रहन्छ । अहिले विज्ञान र प्रविधिले फड्को मारेको अवस्था छ । चाहेर पनि केहि कुरा लुकाउन सकिदैन । संचार माध्यम मार्फत बिकृति बिसंगति भएका सवै कुरा बाहिर आउँछन र आइरहेका छन । यो नै विज्ञान र प्रविधिको बिकास हो ।