रोल्पामा लडेर एक जनाको मृत्यु

१२ कार्तिक २०७७, बुधबार १०:०६

सांकेतिक तस्विर

दाङ, रोल्पामा गएराति लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं २ मा घर भइ स्थानीय धवलडाँडामा किराना पसल गर्ने ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पुन गएराति सवा ९ बजेतिर आफ्नै पसलको ढोका बाहिर अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरी घटनास्थल पुगेर पुनको उद्धार गरि उपचारका लागि दाङतर्फ ल्याउँदै गर्दा उनको साढे १० बजेतिर बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताउनु भयो ।