रामबाबु प्रसाईंको निधन

२४ आश्विन २०७७, शनिबार ०९:५१

काठमाडौं, नेपालको लोकतान्त्रिक आन्दोलनका सर्वाधिक ज्येष्ठ व्यक्तित्व रामबाबु प्रसाईं (खनुपरुदे) को शुक्रबार निधन भएको छ। ९९ वर्षीय प्रसाईं २००७ सालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा निष्ठापूर्वक सक्रिय थिए।

देवीप्रसाद र रुद्रकुमारीका प्रथम सन्तानका रूपमा विसं १९७८ माघ १५ मा तेह्रथुमको हाङपाङमा जन्मिएका प्रसाईं बिएस्सी एजी थिए। उनले अमेरिकामा प्राप्त गरेको विशेष छात्रवृत्तिसमेत छाडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफूलाई समर्पित गरेका थिए।