मिडियामा भ्रष्टाचार र अनियमितताका समाचार

१५ कार्तिक २०७७, शनिबार १६:५६

डा डिआर उपाध्याय,


मुलुकको भाग्य र भविश्य निर्माण गर्ने कुरामा सत्तारुढ दल नेकपा गम्भिर हुन जरुरी देखिएको छ । सरकार गठन भएको पनि साढे दुई बर्ष नेटो काटि सक्यो । यो अवधिमा जनताको मन छुने गरि काम हुनु पर्दथ्यो, हुन सकेन । जनताले सरकारबाट परिणाम खोजेका छन । मुलुक कायापलट गर्ने हैसियतको सरकार हो यो । देशमा गरिबी बढेर गएको छ । सरकार समय अनुकूल अघि बढनु पर्दथ्यो , सकेन । हाम्रो कर्मचारीतन्त्रले पनि सरकारलाई असहयोग गरिरहेको छ । देशको बिकास र समृद्धि गर्ने लक्ष्य यो सरकारले नलिएको होइन , तर कर्मचारीतन्त्र इमान्दार भएन । परम्परागत पाराले कर्मचारीतन्त्र चलेको छ । हाम्रो कर्मचारीतन्त्र राज्यको सेतो हात्तीमा परिणत बनिरहेछ । मुलुकको विकास र समृद्धि सबैको लक्ष्य र चाहना हो । भ्रष्ट्राचार संस्थागत बन्दै गएको छ । जनताका प्रतिनिधि नयाँ मालिकका रूपमा उदय भएका छन ।
लामो समय देखि मुलुक कोरोना महामारीको विपत्तिमा छ। यसको सामना कसरी गर्ने भन्ने बिषयमा सवै चिन्तित बन्र्ने बेला आएको छ । बिपतलाई सवै मिलेर सामना गर्नुपर्छ। सरकार मितव्ययी भएर सर्वसाधारण नागरिकलाई बढी सेवा–सुविधा दिने कुरामा सजग हुनु पर्ने देखिएको छ । तर, यहाँ अनियमित तरिकाले व्यक्तिगत धनदौलत जोड्न प्रतिस्पर्धा छ । मिडियामा भ्रष्टाचार र अनियमितताका समाचार हरेक दिन आईरहेका छन । कहिले सेवाग्राहीसँग काम गरिदिएवापत पैसा लिइरहेका बिचौलिया पक्राउ परेका समाचार आउँछन । कहिले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएका समाचार आउँछन । सरकारी अड्डामा सानातिना काममा पनि दलाललाई पैसा नखुवाई काम बन्ने अवस्था छैन। यातायात कार्यालयमा होस् वा मालपोत, नापी विभाग होस् वा सरकारी अड्डा–अदालत जहाँतहीं भ्रष्टाचार छ। यस्ता क्रियाकलापले गर्दा मुलुकको भाग्य र भविश्य अन्धकार भएको छ । भ्रष्टाचारलाई जरो देखि नै नउखेलेसम्म मुलुकमा विकास र समृद्धि आउँदैन।
भ्रटाचार नियन्त्रणका लागि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकाय र थुप्रै गैरसरकारी संस्थाले चेतनामूलक अभियान सञ्चालन नगरेका होइनन् , गरिरहेका छन्। भ्रष्टाचार नियन्त्रणका लागी थुप्रै अभियान सञ्चालन भएकै छन्। तैपनि अनियमितताका घटना बढिरहेका छन्। भ्रष्टाचार जरो देखि उखेलेर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ।