बाँकेमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

१८ आश्विन २०७७, आईतवार ०९:५३

बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक सुत्केरीको मृत्यु भएको छ ।

कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव बढी हुँदा उपचारका लागि नेपालगन्ज ल्याइएकी महिलाको आइतबार बिहान कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार महेन्द्रनगर नगरपालिका २ की २९ वर्षीया महिलाको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको हो।

बच्चा जन्मिएपछि रक्तश्राव नरोकिदा उनको पाठेघरको अपरेशन गर्नु परेको थियो । उनलाई असोज १३ गते संक्रमण पुष्टि भएको थियो ।