प्रभु बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा

२५ आश्विन २०७७, आईतवार १८:१४

काठमाडौं , प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (आइतवार) देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका छन् ।