प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

२० आश्विन २०७७, मंगलवार १७:०६

बुटवल , प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् ।