नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

२ कार्तिक २०७७, आईतवार १०:४९

काठमाडौँ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।

गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उहाँले फेसबुकमार्फत जानकारी दिनु भएको छ ।

यसअघि बुधबार पनि गन्ध थाहा नपाएपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएकोमा शनिबारको रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनु भएको छ ।

रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेसनमा रहेको र छिट्टै कोरोनालाई परास्त गर्ने अपेक्षा गरेको उहाँले बताउनु भएको छ ।