देशभर आज थपिए ३७४९ जना संक्रमित

२९ आश्विन २०७७, बिहीबार १६:३९

काठमाडौं , बिहीबार देशभर ३ हजार ७४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख २१ हजार ७४५ जना पुगेको छ । पछिल्लो पटक बिहीबार ३ हजार ७४९ जना संक्रमित थपिएका हुन् । यसैगरी ८४ हजार ५१८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरि जम्मा १ हजार ९३५ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको हो ।