दुई कोरोना संक्रमितको धरानमा निधन

२८ आश्विन २०७७, बुधबार १५:०९

काठमाडौं, दुई कोरोना संक्रमितको धरानमा निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनीहरूको निधन भएको हो ।

जसमा ३७ वर्षीय पुरुष रहेका छन् । उनी मोरङ बेलबारी नगरपालिकाको रहेको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनु भयो । उनीमा २१ असोजमा कोरोना पोजेटिभ देखिएको र २७ असोजमा प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा भर्ना भएको उहाँले जनाउनु भएको छ ।

उनको मंगलबार करिब साँझ ७ बजे निधन भएको हो । उनको शव नियमानुसार व्यवस्थापन हुँदै गरेको उहाँले जानकारी दिनु भयो ।

त्यसैगरी कोभिड उपचार अस्पतालमा नै अर्की ६० वर्षीया संक्रमित महिलाको निधन भएको छ ।

उनी इटहरी सुनसरीको रहेकी सहप्रवक्ता डा श्रेष्ठले जानकारी दिनु भयो । उनको बुधबार बिहान ४ बजे निधन भएको हो ।

उनी मधुमेह रोगलेसमेत ग्रसित रहेकी थिइन् । उनको शव पनि नियमानुसार व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनु भयो ।