दशैंमा मासु पचाउने यी हुन् पाँच पेय पदार्थ

९ कार्तिक २०७७, आईतवार ११:२०

काठमाडौँ, बडादशैं नेपालीहरुको एउटा मुख्य सांस्कृतिक चाड हो । यस चाडको महिमा पूजाआजाका साथसाथै किनमेल, खानपिन,भेटघाट र मनोरञ्जनमा निहित छ । दशैंमा गरिने बिभिन्न सांस्कृतिक तथा सामाजीक कार्यहरूको कारण यो चाडलाई विश्वमै एक महत्वपुर्ण चाडको रूपमा लिने गरिन्छ ।

उल्लाहसमय यस चाडमा आफ्ना प्रत्येक आफन्तसँग ढोगभेट गरी टीका जमरा लगाउने चलनले नै यसको महत्व बढाएको हो । साथै यस चाडमा मिष्ठान्न खाने कुरा खाने, घर घरमा मासु पकाउने र मिठो गरि खाने चलन छ।

सामान्यतया खानालाई पाचन प्रणालीको प्रक्रियालाई २४ देखि ७२ घण्टा लाग्ने गर्दछ भने कस्तो प्रकारको खाना खाइएको छ, त्यसमा निर्भर हुने गर्दछ। साथै लैंगिक आधारमा पनि पाचन प्रक्रिया निर्धारण हुने गर्छ। एक अमेरिकी गैरसरकारी संस्था ुमायो क्लिनिकुअनुसार ठूलो आन्द्रामा खानाको औसत समय लिंगको आधारमा निर्धारण हुन्छ, महिलाको पेटमा ४७ घण्टा रहन्छ भने पुरुषको पेटमा ३३ घण्टा रहने गर्दछ।

त्यस्तै, माछा मासुमा भएका प्रोटिन र फ्याटहरू जस्ता जटिल अणुहरूलाई शरीरले अलग गर्न लामो समय लाग्ने र पूर्ण रूपमा पचाउन दुई दिनसम्म लाग्ने गर्दछ। त्यस्तै यस्ता किसिमका भारि खानेकुरालाई पचाउन पिउनुस यी पाँच पेय पदार्थः

१ कफीः कफीले शुभ बिहानीलाई मात्र शुभ बनाउने नभएर यसले मानिसको पाचन प्रणालीमा पनि राम्रो प्रभाव सिर्जना गर्दछ। कफीले पेटमा भएका खानालाई छिटो छिटो पाचन प्रक्रियामा पुर्याउने गर्दछ। यदि सहि मात्रमा यसको सेवन गर्ने हो भने पाचन प्रणाली मजबुद भएर जान्छ भने अत्यधिक रुपमा यसको सेवन गर्नाले पखालापनि लाग्न सक्छ।

२ कागती पानीः कागती भिटामिन सी को राम्रो श्रोतको रुपमा चिनिन्छ। यसले शरीरमा भएका सम्पूर्ण नकारात्मक तत्वलाई निष्कासन गर्न मद्दत गर्दछ। दैनिकरुपमा बिहान मनतातो पानिअदुवा मा कगाती मिसाएर पिउदा कब्जियत समेत कम हुने गर्दछ। आयुर्वेदका अनुसार कागतीमा भएको विशेष गुणले शरीरको अग्नि त्वत्वलाई उत्प्रेरित गर्न मद्दत गर्दछ जसले खानालाई सजिलै पचाउन र शरीरमा भएका विषादी तत्वलाई पनि सजिलै निस्कासन गर्दछ।

३ अदुवा चियाः अदुवामा भएको प्राकृतिक गुणले पाचन प्रक्रियालाई उत्तेजित गरि खानालाई पच्न सजिलो बनाउने गर्दछ। त्यसैगरी अदुवा चिया एक प्राकृतिक जीवाणुरोधक र पेटमा भएको सबै असजिलोलाई शान्त गर्न मद्दत गर्दछ।

४ मह पानिः महमा भएका थुप्रै गुणहरुका कारण विभिन्न रोगहरु निवारण हुने गर्दछ। यसको उचत्तम फाइदा लिन एक कप मनतातो पानीको साथ एक चम्मच मह मिश्रण गरि पिउनु पर्ने हुन्छ। मह मनतातो पानिमा मिसाएर पिउँदा पाचन प्रक्रिया राम्रो हुने गर्दछ।

५ टमाटरको जुसः फाइबरको अभावका कारण मानिसमा कब्जियत हुने गर्दछ। टमाटरमा भएको उच्चतम गुणले मानिसको पाचन प्रणालीलाई सुध्रिद गर्ने गर्दछ र अन्य फलफूल जुसको तुलनामा यसमा अत्यधिक फाइबर हुने गर्दछ।
(क्यानाडानेपालबाट साभार)