तीन लाख नगदसहित सात तोला सुन चोरी

२६ आश्विन २०७७, सोमबार १४:४१

डडेल्धुरा , डडेल्धुरा अमरगढी नगरपालिका ७ को एक घरबाट तीन लाख नगदसहित लाखौंका गरगहना चोरी भएको छ। पोखरा बजार नजिकै डडेल्धुरा बैतडी महाकाली राजमार्ग छेउमा रहेको कलावती ऐरीको घरबाट शुक्रबार दिउँसो तीन लाख नगदसहित सात तोला सुन चोरी भएको हो।