चर्चित हास्यकलाकार हरिवंश आचार्य र पत्नी रमिलालाई कोरोना संक्रमण

२० आश्विन २०७७, मंगलवार १८:१०

काठमाडौं , चर्चित हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सामाजिक सञ्जालमार्फत आचार्यले आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी दिनु भएको छ ।

‘हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला’ आचार्यले लेखनु भएको छ ।