गीतकार बिष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थे’ सार्वजनिक

१ कार्तिक २०७७, शनिबार १८:०५

काठमाडौँ , गीतकार बिष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थे’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा गैरेको शब्द रहेको छ भने हरि लम्सालको संगीत र आवाज रहेको छ ।

मार्मिक गीतको भिडियोमा बिदेशमा रहेका युवाहरु दशैमा घर आउन नपाउँदा उनीहरुले र उनीहरुका परिवारले महशुस गर्ने दुःख देखाउन खोजिएको छ ।

भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गर्नु भएको हो । छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ ।

भिडियोमा जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।