कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आइसियूमा सारियो

२४ आश्विन २०७७, शनिबार ०९:५८

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ।

चौधरीका स्वकीय सचिव सन्तोष दहितले शुक्रबार राति उहाँलाई वीर अस्पतालको आइसियूमा सारिएको जानकारी दिनु भयो ।

कोरोना पुष्टि भएपछि चार दिनदेखि उहाँको त्यहाँ उपचार भइरहेको थियो।

चार दिनको उपचारले उहाँको स्वास्थ्यमा सुधार हुन सकेको छैन। दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

उहाँलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसअघि आइतबार ज्वरो आएपछि उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो । सोमबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो।