कोरोना संक्रमित डाक्टरको मृत्यु

१५ आश्विन २०७७, बिहीबार १६:१३

काठमाडौं, नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिनु भयो ।