अपि पावरको ४७ प्रतिशत हकप्रद सेयर बिक्री खुला

१४ कार्तिक २०७७, शुक्रबार ०८:२७

काठमाडौं , अपि पावरको आज शुक्रबार (कात्तिक १४ गते) देखि हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७) प्रतिशत हकप्रद सेयर बिक्री खुुला गरेको हो । यसमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइनेछ । २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।