भीम रावलको मागः ‘जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्’

२ कार्तिक २०७७, आईतवार ११:०३

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा भीम रावलले कोही जनप्रतिनिधिले पनि दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्नु भएको छ ।

कोरोना महामारीको हालको विषम् परिस्थितिमा चुनौती र आर्थिक कठिनाइलाई मनन गरी आफ्नो खाताबाट दसेँ भत्ता कट्टी गर्न मञ्जुर रहेको उहाँले बताउनु भएको छ ।

आज बिहान ट्वीट गर्दै सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको रावलले बताउनु भएको छ । संसद सचिवालयले मन्त्री, सांसददेखि कर्मचारीहरूसम्मको खातामा दसैं भत्ता जम्मा गरिसकेको छ।

महामारीको असहज परिस्थितिका कारण जनताले एक छाक खानाको लागि संघर्ष गरिरहेको बेला राज्यकोषबाट कर्मचारी, सांसद र मन्त्रीहरूलाई दसैं खर्च बाँडिएको भन्दै आलोचनासमेत भइरहेको छ।