भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ७०६ जनाको मृत्यु

२७ आश्विन २०७७, मंगलवार १०:३६

काठमाडौँ , छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भएपनि केहि दिन यता भने अलिकति घटेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७०६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ९ हजार ८५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ३४२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७१ लाख ७५ हजार ८८१ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९६ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ३८ हजार ७२९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड ८९ लाख ४५ हजार १०७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ७३ हजार १४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।