देशभर आज थपिए ४ हजार ३९२ जना संक्रमित

३० आश्विन २०७७, शुक्रबार १७:५२

काठमाडौं , शुक्रबार देशभर ४ हजार ३९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख २७ हजार १३७ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ४ हजार ३९२ जना संक्रमित थपिएका हुन् । यसैगरी ८८ हजार ४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यसैगरी काठमाडौं उपत्यकामा पनि २ हजार ४०२ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरि जम्मा २ हजार ४०२ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ७१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको हो ।