झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

३० आश्विन २०७७, शुक्रबार १८:११

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
खनालले फेसबुक स्टाटस् लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको हो । गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बराहीस्थित ह्याम्स अस्पतालमा भर्ना हुनु भएको थियो ।

‘अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचार पछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु’ खनालले भन्नु भएको छ ।

खनालले स्वास्थ्य उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी टिमप्रति आभार ब्यक्त गर्नु भएको छ ।