अरिङ्‍गालले चिल्दा दिदी बहिनीको मृत्यु

१२ कार्तिक २०७७, बुधबार १५:४५

डोटी , डोटीको सायल गाउँपालिका १, छपालीमा अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनीषा र ३ वर्षीया सिर्जना रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।