हास्य ब्यङ्ग्य टेलिसिरियल आलु चर्चामा

११ आश्विन २०७७, आईतवार १८:१७

काठमाडौ , बिभिन्न युट्युव च्यानलमार्फत नयाँ नयाँ हास्य ब्यङ्ग्य टेलिसिरियल धमाधम आइरहेका बेला फेरी अर्को भाग २ नयाँ हास्य ब्यङ्ग्य टेलिसिरियल आलु यसै साता आलु इन्टरटेनमेन्ट युट्युव च्यानलले सार्वजनिक गरेको छ । यो टेलिसिरियलले समाजमा घटेका घटनालाई यथार्थ बिषय बस्तु बनाएर ब्यङ्ग्यत्मक शैलिमा प्रहार गरेको छ । समाजमा रहेका बिकृति र बिसंगतिलाई कलामार्फत उजागर गरेको छ । यो टेलिसिरियल रिलिज भए संगै हगंमा मच्चाएको छ । अरु सिरियलले भन्दा यो सिरियलले दर्शकमाझ भिन्न स्वाद लिएर आएको हुदाँ हगंमा मच्चिएको हो ।

उहाँले लामो समय देखि समाज सेवाका साथ कलाकारीता क्षेत्रमा योगदान दिदै आउनु भएको छ । करिव दुई दशक देखि कलाकारीता क्षेत्रमा योगदान दिदै आउनु भएका लोक गायक मोतिराज खनाल पनि हास्य ब्यङ्ग्य टेलिसिरियल मार्फत दर्शकमाझ प्रस्तुत हुनु भएको छ । यस सिरियलमा रहेको गीतमा उहाँको शव्द संगित र स्वर रहेको छ । गान्धिव सुवेदी , मोतीराज खनाल (मटुलेबा) टि वि खनालले हास्य ब्यङ्ग्य टेलिसिरियल निर्देशन गर्नु भएको हो । कलाकार तथा निर्देशक गान्धिव सुवेदी लामो समय देखि मोडलिङ क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले अभिनय गरेका थुप्रै म्युजिक भिडियो बजारमा छन । लामो समय देखि गायन क्षेत्रमा योगदान दिनु भएका गायक लक्ष्मण चापागाई यस सिरियलमा स निर्देशक हुनुहुन्छ । यस सिरियलको कथा लेखन टि वी खनालले गर्नु भएको हो । क्यामरा र भिडियो सम्पादन दीपक अधिकारीले गर्नु भएको हो । त्यसै गरी कलाकारहरु अरुण सेजवाल, गान्धिव सुवेदी, मोतीराज खनाल (मटुलेबा) टि वि खनाल, लक्ष्मण चापागाई सजिना लामिछाने, केशव पाण्डे (मुस्काने जेठा) शोनाक्षी महत, मुस्कान अर्याल , निर्मल श्रेष्ठ , आरोही सेजवाल लगायत कलाकारहरुको दमदार प्रस्तुती रहेको छ ।