सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

२३ भाद्र २०७७, मंगलवार ११:२०

काठमाडौं, मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ तोकिएको छ।
सोमबारको तुलनामा प्रतितोला तीन सय रूपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रूपैयाँले घटेर तोलाको १३ सय १० रूपैयाँ कायम भएको छ।