संविधान, कानुन अनुसार सरकार चल्नु पर्छः थापा

७ आश्विन २०७७, बुधबार ११:०३

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्ने धारणा राखनु भएको छ । बुधबार बिहान ट्वीट मार्फत उहाँले संविधान, कानुन अनुसार सरकार चल्नुपर्ने बताउँदै संवैधानिक नियुक्तिमा निर्देशन दिने काम पार्टीले गर्न नहुने बताउनु भएको हो ।

थापाले सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने काम कम्युनिष्ट व्यवस्थामा भएपनि प्रजातन्त्रमा नहुने टिप्पणी गर्नु भएको छ ।
सत्तारूढ नेकपाको सचिवालय बैठक संवैधानिक एवं राजनीतिक नियुक्ति पार्टी निर्णयका आधारमा गर्ने निचोडमा पुगेपछि थापाको यस्तो धारणा आएको हो। मंगलबारको बैठकमा नियुक्ति गर्नुपर्ने सूची, आवश्यक योग्यता, र उपयुक्त व्यक्तिको सूची महासचिवले बनाउने र त्यसमा छलफल गरेर निष्कर्षमा पुग्ने विषय सार्वजनिक भएको छ।