‘सँगै मरौँला’ बोलको गीत सार्वजनिक (भिडियो)

९ आश्विन २०७७, शुक्रबार ०९:०६

काठमाडौं , गीतकार सन्तोषजंग थापाको ‘सँगै मरौँला’ बोलको गीत सार्वजनिक भएको छ। गायक निशान भट्टराईको आवाजमा रहेको गीतको भिडियोमा नविन बुढाथोकी र नायिका अनु शाहको अभिनय रहेको छ। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्।

सन्तोषजंग थापाको शब्द र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सद्भाव टिभीको अफिसियल युट्यब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।