शुल्क बुझाउन निजी विद्यालयको ताकेता

१७ भाद्र २०७७, बुधबार १५:४०

काठमाडौं , लामो समय देखि नै कोरोना महामारीका कारण शिक्षण संस्थाहरु बन्द रहेका छन । जुन कारणले गर्दा धेरै जसो अनलाईन मार्फत पढाई भइरहेको छ । अहिले आएर निजी विद्यालयहरुले शुल्क बुझाउन अभिभावकहरुलाई ताकेता गरिरहेका छन ।
ठूला निजी विद्यालय र सामुदायिक विद्यालयले सूचना नै जारी गरेर अभिभावकहरुलाई शुल्क बुझाउन आग्रह गरेका छन् उनीहरुले अभिभावकहरुलाई विद्यालयमा प्रत्यक्ष आएर, बैंकमा जम्मा गरेर वा अनलाइन माध्यममार्फत भुक्तानी गर्न पत्र लेखेका छन् ।