यस वर्षको शैक्षिकसत्र चैत मसान्तमै सकिने

३० भाद्र २०७७, मंगलवार १६:५४

काठमाडौ, यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ । कोभिड–१९ का कारण बैशाखमा पठनपाठन सुरु हुन नसकेपनि शैक्षिकसत्रको अन्त्य चैत मसान्तमै हुने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले बताउनु भएको छ ।

शिक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कानुनी व्यवस्था अनुसार नै विद्यालयको शैक्षिकसत्र चैत मसान्तमा सकिने बताउनु भएको हो ।