मन्त्रिमण्डलमा मेरो मान्छे परोस् भनेर ‘लबिङ’ गर्नेहरुको लर्को

१२ आश्विन २०७७, सोमबार १०:४३

डा डिआर उपाध्याय,

सत्तारूढ दल नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको छ । तर अहिले सम्म कुनै टुंगो लगाउन सकेको छैन । नेकपा भित्र मन्त्री बन्नका लागी धेरैको बालुवाटारमा भिड लाग्ने गरेको समाचार आउछ । सत्ता स्वार्थमा धेरै नेताहरु लिप्त छन । देश र जनताका लागी भन्दा पनि आफनो ब्यक्गित स्वार्थ पुरा गर्न केहि नेताहरु मन्त्री बन्न खोज्दै छन । जो मन्त्री बने पनि देश र जनताको पक्षमा काम प्रभावकारी ढंगले हुन सकेन भने त्यसको के अर्थ रु सरकारको कामलाई अझै बढी प्रभावकारी बनाउनु पर्नेमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीले आमनागरिक निराश छन । किन भने जो आए पनि त्यस्तै हो भन्र्ने जनतामा परेको छ । बर्तमान सरकार चलायमान हुन सकेन । समस्या यो हो । नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी धेरै पहिले देखि नै गरेको हो तर अहिले सम्म त्यसलाई मूर्त रूप दिन सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा ढिलाइ हुन पुगेको बुझन सकिन्छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने हल्लाले मन्त्रालयका प्रशासनिक काम कारबाहीमा समेत सुस्तता आएको छ ।
बर्तमान सरकारले जनपक्षीय काम गरेर देखाउने समय हो यो । मन्त्रिपरिषद् पुनर्गठन गर्ने बेला यो होइन । जनताका समस्या समाधान गदै अघि बढने बेला हो यो । यतिबेला आम नागरिक कोरोना भाईरसको त्रासमा छन । कोरोना नियन्त्रण गर्ने र जनताको जनजीवनलाई सहज बनाउने काम तिर नेकपा र सरकारको ध्यान केन्द्रित हुनु पर्नेमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरामा केन्द्रित भएको छ । जनतालाई यो कुरा पटक्कै मन परेको छैन । जनताबाट यी गुनासाहरु आइरहेका छन । अब आउने मन्त्रीहरू पनि त त्यस्तै हुन नी त रु सवैको नाडी जनताले छामी सकेका छन । रातदिन काम गरेर यो सरकारले जनताको मन जित्नु पर्दथ्यो । तर सकेन । अव आउने मन्त्रीहरु इमानदार, सच्चरित्रवान् र स्पष्ट भिजन भएका हुनुपर्छ । त्यसो भयो भने मात्र मुलुकको भाग्य र भविश्य निर्माण हुने छ ।
राजनीति भनेको विचारले चल्ने हो । हावा कुरा गरेर राजनीति चल्दैन । त्यसले देश र जनतको भलाई पनि गदैन । राजनीति व्यवहारमा पनि प्रयोग गरिनु पर्छ । सत्तारूढ नेकपामा सक्षम र दक्ष नेतृत्वको खोजी भइरहेको छ । कुशल र दुरदर्शि व्यक्तिलाई मन्त्री बनाउनु पर्छ । यदि त्यसो हो भने यो स्वागत योग्य कुरा हो ।अव यो समाजको नेतृत्व गर्न सक्ने अग्रगामी तथा परिवर्तनकारी ब्यक्तिको खाँचो छ । त्यसको खोजीमा नेतृत्व लाग्नु पर्ने हो । जतिसुकै क्रान्ति र परिवर्तनका कुरा गरे पनि बास्तवमा जनताको सेवा नै राजनीतिको मूल मर्म हो । तर, आजको युगले यस्ता नेता र नेतृत्वको खोजी गरिरहेको छ । अध्यक्षद्वय तथा अन्य नेताहरूले आफ्ना गुट, आफ्नो आसेपासे, आफ्ना सहयोगी र नातापाता बनाउने भन्दा पनि देश बनाउनेतिर ध्यान केन्द्रित गर्नु पर्छ । कर्मठ, प्रतिबद्ध, योग्य, सक्षम र जनपक्षीय सोच राख्ने पछिल्लो युवा पुस्ताका नेताहरू नेतृत्वमा आउनु पर्छ यो युगको माग हो । यदि उनीहरु आए भने सापेक्ष सुधार तथा नयाँ कामको बारेमा सोच्न सक्छन् । अघिल्ला पिँढीका नेताहरूमा रहेको संकीर्ण मानसिकता त्यागिनु पर्छ । मन्त्रिमण्डल पुनर्गठन भनेर बनाइएको योग्यताको मापदण्ड आफ्ना मान्छे राख्ने र योग्य नेतालाई पाखा लगाउने जालसाझीको खेल भयो भने त्यसको केहि अर्थ रहने छैन ।
शासकहरू पनि कानुनी मर्यादाभित्र रहनुपर्छ । ऐन बनाउनेलाई कानुन नलाग्ने भन्ने हुँदैन । सबै संविधान र कानुनको मातहतमा रहनुपर्छ । योग्यता र क्षमताको खोजी गर्ने बेला हो यो । मन्त्रिमण्डलमा मेरो मान्छे परोस् भनेर ‘लबिङ’ गर्नेहरुको लर्को छ । यो राम्रो पक्ष होइन । अब जनताका बीचमा भ्रमको खेती छर्ने काम सवै राजनीति दलहरुले छोडौं । देश र जनताका लागी सोचौं । देशमा दुई तिहाइको सरकार निर्माण भएको छ । यस्तो अवसरमा पनि काम गर्न नसक्नु दुर्भाग्य हो ।