भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार जनामा कोरोना भाइरसको संक्रमण देखियो

२४ भाद्र २०७७, बुधबार १६:२१

काठमाडौं , भारतमा पछिल्लो २४ घण्टामा ८९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बुधबार भने संक्रमित संख्या केही घटेको हो ।
बुधबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ८९ हजार ८५२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७४ हजार ३१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख ९८ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १ हजार ५१७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७३ हजार ९५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।