प्रदेश न १ मा ८३ जना कोरोना संक्रमित थपिए

१२ आश्विन २०७७, सोमबार १८:२६

विराटनगर , पछिल्लो २४ घण्टामा प्रदेश न १ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ५६ पुरुष छन् ।

थपिएकामा सुनसरीमा ३६, मोरङमा ३० जसमा १६ जना विराटनगरमा, ओखलढुङ्गामा चार, खोटाङ र झापामा दुईदुई, धनकुटा र इलाममा एकएक तथा प्रदेश बाहिर सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमित छ हजार ५१९ मध्ये उपचारपछि दुई हजार ८६८ घर फर्किसकेका छन् । गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ भने आज ९२२ सहित हालसम्म एक लाख २१ हजार ९१२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।