प्रतितोला ४०० ले बढ्यो सुनको भाउ

२९ भाद्र २०७७, सोमबार १२:०२

Gold bars

काठमाडौं, साताको दोस्रो दिन नेपाली बजामा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको भाउ अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ। आज ९६ हजार ९०० रूपैयाँ प्रतितोला रहेको सुनको मूल्य हिजो ९६ हजार ५०० रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि हिजोभन्दा ४०० रूपैयाँले बढेर ९६ हजार ४०० रूपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर एक हजार ३२० रूपैयाँ कायम भएको छ।