पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला

१८ भाद्र २०७७, बिहीबार १४:२८

सांकेतिक तस्वीर

धनुषा , बिहीबार धनुषामा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार धनुषाको धनौजी गाउँपालिका वडानम्बर १ लखौरीमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रै मिश्रका अनुसार, रेल्वे लिकको दक्षिणपट्टीको खाल्डोमा ती महिलाको शव फेला परेको हो । मृतक अन्दाजी २८ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।