पछिल्लो २४ घण्टामा थपिए एक हजार ८१ जना कोरोना संक्रमित

२४ भाद्र २०७७, बुधबार १६:४७


काठमाडौं, पछिल्लो २४ घण्टामा एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार थपिएका एक हजार ८१ जना कोभिड१९ संक्रमितसँगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि करिब ५० हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ। यो संख्या कुल संक्रमितको ६८.८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनु भयो । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।