नेपाली सेनामा स्थगित भर्ना छनौट सुरु

१३ आश्विन २०७७, मंगलवार ०९:५९


काठमाडौं , नेपाली सेनामा रिक्त रहेका विभिन्न पदका लागि स्थगित भर्ना प्रक्रिया सुचारु भएको छ। कोरोना महामारीका कारण चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु गरिएको हो।

२०७६ माघ ७ गते विभिन्न पदका लागि विज्ञापन गरिएकोमा कोरोना भाइरसको महामारीका कारण चैत ७ गते सबै प्रक्रिया स्थगित गरिएको थियो। स्थगित गरिएका सबै भर्ना प्रक्रिया सूचारु गरिएको नेपाली सेनाले सूचनामार्फत जानकारी दिएको छ। जंगी अड्डाका अनुसार सूचारु गरिएका परीक्षाबारेको जानकारी लोकसेवा आयोगको वेभसाईटमा हेर्न सकिन्छ भने नेपाल आर्मीको वेभसाइट वा मोबाइल एपमा हेर्न सकिन्छ।