डा बाबुराम भट्टराई सर्वसाधारणलाई खाना खुवाउन खुल्ला मञ्चमा

१४ आश्विन २०७७, बुधबार १५:२६

काठमाडौं, कोरोना कहरमा परेका सर्वसाधरणलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आउनु भएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाउनु भएको छ ।

बुधबार बिहान खुल्लामञ्च (पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाउनु भएको हो ।