डा डीआरको गीत ‘मायामा हामी‘’ सार्वजनिक (भिडियोसहित)

११ आश्विन २०७७, आईतवार १६:४३

काठमाडौं, कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी‘’ सार्वजनिक भएको छ । डा उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ ।

सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ । यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम ‘चहानाको महल’मा समावेस छ ।

फरक शैलीका गीत मार्फत डा उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । त्यही मध्येको यो एउटा गीत हो ‘चहानाको महल’ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा। उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।