जोरबिजोर जाँचले देखियो जाम

१३ आश्विन २०७७, मंगलवार १०:१६

फाईल फोटो

काठमाडौं , उपत्यकाका विभिन्न नाकामा प्रहरीले जोरबिजोर जाँच नियमित गरेको छ। सवारी संख्या बढ्न थालेपछि प्रहरीले जाँचमा तीव्रता दिएको हो ।

प्रहरीको जाँचले विभिन्न सकडमा भने जाम देखिएको छ। बिहान साढे ९ बजे थापाथलीमा ट्राफिक प्रहरीको जाँचले कुपन्डोलमा रहेको हिमालयन होटलसम्मै जाम भएको थियो।

यसैगरी प्रहरीले त्रिपुरेश्वर, न्युरोड गेटलगायत क्षेत्रमा पनि जाँच गरिरहेको छ। जसले गर्दा कार्यालय निस्कने समयमा काठमाडौंका सडकमा पहिले झै जाम देख्न सकिन्छ।