जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

२२ भाद्र २०७७, सोमबार १७:१९

फाइल तस्बिर।

काठमाडौं , सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते मन्त्रिस्तरिय निर्णय गर्दै कित्ता खुलाउने भएको हो।

भू उपयोग नियमावली जारी भई भू उपयोग नक्सा , डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाल भू उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गा कित्ताकाट सम्बन्धी व्यवस्था खुला गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशनसमेत दिएको छ।