जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्नुः सर्वोच्च

२९ भाद्र २०७७, सोमबार १८:३१

काठमाडौँ, जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न, नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले असोज ८ गते अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश दिँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न, नगराउन भनेको हो।

अधिवक्ता सन्तोष भण्डारीले आइतबार दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । सर्वोच्चले कित्ताकाट खुला गर्नुको कारणसमेत १५ दिनभित्र पेश गर्न आदेश दिएको छ। भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो।