कीटजन्य रोग अनुसन्धान केन्द्रले माग्यो स्वास्थ्यकर्मी कर्मचारी

९ आश्विन २०७७, शुक्रबार ०९:२२

काठमाडौं , कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (हेटौँडा)ले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो ।
इच्छुक स्वास्थ्यकर्मीले १५ दिनभित्र दरखास्त दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।