काठमाडौँ उपत्यकामा ३२६ संक्रमित थपिए

२२ भाद्र २०७७, सोमबार १६:५७

काठमाडौँ , काठमाडौँ उपत्यकामा आज ३२६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३८ महिला र ६४१ पुरुषसहित ९७९ जना संक्रमित थपिएको जानकारी दिनु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।