आज देशभर थपिए १ हजार ४५९ जना संक्रमित

३० भाद्र २०७७, मंगलवार १६:४४

काठमाडौं , मंगलबार देशभर १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ४५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५६ हजार ७८८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार १ हजार ४५९ जना संक्रमित थपिएका हुन् । यसैगरी ४० हजार ६३८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो ।