सभामुख सापकोटाद्वारा जितिया पर्वको शुभकामना

२५ भाद्र २०७७, बिहीबार ११:१८

काठमाण्डौ, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले जितिया पर्व २०७७ को अवसरमा आम नेपालीलाई सामाजिक, साँस्कृतिक एकताको प्रेरणाको कामनासहित शुभकामना दिनुभएको छ ।

जारी शुभकामना सन्देशमा के लेखिएको छ ?
नेपालको विशेषगरी तराई मधेशमा बसोबास गर्ने थारु जातिका महिलाहरुको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जितियामा महिलाहरुले सन्तानको सुख, खुसीयाली र दीर्घायुको कामना गर्दै उपवास बसेर पुजापाठ गरी स्थान अनुसार धुमधामसँग मनाउने गर्दछन् । जितियामा पुरुष पनि उत्तिकै सक्रिय हुने भएकोले यसलाई महिला–पुरुषको साझा पर्वका रुपमा पनि लिने गरिन्छ ।

यो बर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण अवस्था असामान्य रहेकोले उच्च सतर्कताका साथ पर्व मनाउनुहुन सबैमा आग्रह गर्दछु ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँकृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउँदै आएका छन् ।

जितिया पर्वले नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच प्रगाढ पारिवारिक सम्बन्ध एवम् सामाजिक, साँस्कृतिक एकताका लागि थप प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।

२०७७।०५।२५
अग्निप्रसाद सापकोटा