माछा मार्न गएका एक युवक बेपत्ता

२९ भाद्र २०७७, सोमबार १८:५४

बर्दिया , बर्दियाको बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् ।

बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई नदीले बगाएको बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनु भयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।