देशभर आज थप १ हजार २०१ जना संक्रमित

२७ भाद्र २०७७, शनिबार १६:३६

काठमाडौं , शनिबार देशभर १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार २०१ जनामा कोरोना पुष्टि भएको बताउनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५३ हजार १२० जना पुगेको छ । पछिल्लो पटक शनिबार १ हजार २०१ जना संक्रमित थपिएका हुन् । यसैगरी ३७ हजार ५२४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ८५२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको उहाँको भनाइ छ ।