दुर्घटनामा एकको मृत्यु, दुई घाइते

३० भाद्र २०७७, मंगलवार १७:०७

सिन्धुली , मदन भण्डारी लोकमार्ग अन्तरगत सिन्धुलीको दुधौली नगरपालिका ७ सुगारेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्यामकुमार खत्रीका अनुसार उदयपुरको कटारी बाट दुधौली तर्फ आउँदै गरेको लु ५८ प २६३८ अस्थाई नंबरको मोटरसाइकल र विपरित दिसा बाट आईरहेको साईकल एक अपसमा ठक्करखाँदा मोटरसाइकलमा सबार बर्ष २६ को यादव ढुङ्गानाको मृत्यू भएको हो।
दुर्घटनामा घाइते मोटरसाइकल चालक निजगढ नगरपालिक ७ बारा घर भई हाल आरम्भ माईक्रो फाईनस दुधौलीमा कार्यरत बर्ष २४ को अनिल घिमिरे र साईकल चालक दुधौली नगरपालिका ७ सुगारे सिन्धुलीका बर्ष २३ को रासलाल अधिकारी रहेका छन्।