कुलमानलाई पुनः नियुक्तीको माग गर्दै सडकमा निस्किए युवा

३१ भाद्र २०७७, बुधबार ११:०३

काठमाण्डौं , जोरपाटीमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेको हो ।

ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।