कांंग्रेस महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना

३१ भाद्र २०७७, बुधबार १०:५५

काठमाडौं, कोरोना भाइरसको संक्रमण भएका कांग्रेस महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना हुनु भएको छ । डा कोइरालालाई एक साताअघि कोरोना संक्रमण भएको थियो। उहाँ होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । तर, ज्वरो कम नभएपछि उहाँ सोमबार राति ८ बजे ओम अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव भरत तिवारीले बताउनु भयो । उहाँलाई सोमबार साँझदेखि १०३ डिग्री ज्वरो आएको छ। आज ज्वरो घटेको अस्पतालले जनाएको छ। तर, उहाँलाई निमोनियाको संकेत देखिएको चिकित्सकको भनाइ उद्धृत गर्दै स्वकीय सचिव तिवारीले बताउनु भयो । उहाँको ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली उपचार गरिरहेको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।