स्रोत नखुलेको साढे २८ लाखसहित एक पक्राउ

११ भाद्र २०७७, बिहीबार १२:३२

काठमाडौं, रौतहटमा सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका–९ को लवतनाबाट प्रहरीले २८ लाख ५१ हजार ९६० रुपैयाँ सहित स्थानीय २० वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो।

भारतबाट आउँदै गरेको बीआर३०एन९५८० नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिनु भयो । बरामद भएको उक्त रकमबारे थप अनुसन्धान भइरहेको छ।